होममेड पेस्तोल र पाँच राउण्ड गोलीसहित पप्पु पक्राउ
महोत्तरी | बैशाख ३१, २०८०
सांकेतिक तस्बिर
महोत्तरी: एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत सितामडी बाजोपट्टी गाउँ–६ बस्ने २६ वर्षीय पप्पु यादव रहेका छन् ।
उनको साथबाट प्रहरीले पेस्तोलको गोली ५ राउण्ड बरामद गरेको हो ।
प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बि.आर ३० वाई ९१४२ नम्बरको मोटरसाइकललाई शनिबार राति जाँच गर्ने क्रममा पेस्तोल फेला पारेको थियो ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

